Section 18
समिति तथा उपसमिति गठन गर्न सक्ने
(१) समितिले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले सम्पादन गर्नु पर्ने कुनै काम कारबाहीमा सहयोग पुच्याउन_ आवश्यकता अनुसार अन्य समिति वा उपसमिति गठन गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम गठित समिति वा उपसमितिको काम, कर्तव्य, अधिकार, कार्यविधि तथा त्यस्तो समिति वा उपसमितिका सदस्यले पाउने सुविधा समितिले तोके बमोजिम हुनेछ।